काठमाडौं, असार १७ । माछापुछ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरी बुधबारबाट सेवा सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको माछापुछ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्तरुपमा समुद्घाटन गर्नुभएको हो । सिरहा जिल्लाको सदरमुकाम सिरहाबजारमा खोलिएको नयाँ शाखा सगैं सिरहा जिल्लामा मात्रै बैंकको छ वटा शाखा सञ्चालनमा रहेको छ ।
बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवाविस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ ओटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० ओटा भन्दा बढी एटीएमहरु तथा ५ ओटा एक्टेन्सन काउन्टर संचालनमा रहेकाछन् ।