काठमाडौं, फागुन १५ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
उनीसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले न्यौपानेलाई मंगलबार बिहान पक्राउ गरेको हो । सेञ्चुरी बैंकका सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत छन् ।
प्रभु बैंक मर्ज हुनुअघि सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदा नेपाल राष्ट्र बैंकको आग्रहमा न्यौपानेलाई सेञ्चुरी बैंकबाट प्रवाह भएको ऋणमा अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । न्यौपानेसहित १० जनालाई सीआइबीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।
देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई ऋण प्रवाह गर्दा अनियमितता गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको सीआईबीको दाबी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गर्ने सिआइबीले जनाएको छ ।