Kath khabar
माइतीघरको निषेधाज्ञा तोड्न विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भद्रकालीमा झडप

 

                     काठमाडौं, फागुन १६ । माइतीघरको निषेधाज्ञा तोड्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भद्रकालीमा झडप भएको छ ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले नेपाल सरकारले लागू गरेको निषेधित क्षेत्र खुला गर्न माग गर्दै तोड्ने प्रयास गरेको हो ।
 
माइतीघरतर्फ अगाडि बढेको भीडलाई प्रहरीले रोक्ने प्रयास गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सो क्रममा नेता राजेन्द्र महतोसहित केही प्रदर्शनकारीहरु घाइते भएका छन् ।  प्रहरीले धरपकड गर्दा केहि नेताहरु बेहोस समेत भएका छन् ।

यस क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू खटाइएका छन् ।  लोसपा छोडेर 'राष्ट्रिय मुक्ति क्रान्ति अभियान' घोषणा गरेका  महतोको क्रान्तिको पूर्व निर्धारित कार्यक्रमअन्तर्गत आज माइतीघरको निषेधाज्ञा तोड्ने कार्यतालिका थियो ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update