काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलको वर्तमान सत्ता गठबन्धन भत्किएको छ ।
अब प्रधानमन्त्रीले एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरणमा नयाँ सरकार बनाउने तयारी छ । आज नियुक्त हुने चारै मन्त्रीले आजै शपथ लिने सम्भावना रहेको स्रोतले बताएको छ ।
योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गर्नुभएको छ । यसबारेमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो बेलुकी एमाले, रास्वपा र राजपाका शीर्ष नेताहरुसँग यसबारेमा छलफल गर्नुभएको थियो । उच्च स्रोतका अनुसार आज एमालेबाट प्रमुख सचेतक पदम गिरीको सरकारमा जाने टुंगो लागिसकेको छ ।