Kath khabar
बालुवाटारमा नयाँ मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी


                      काठमाडौं, फागुन २१ । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ ।

नयाँ सरकारमा कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुङ्गयाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।

बैठकमा मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाईने बताईएको छ। प्रचण्ड र ओलीले रास्वपाका लामिछानेलाई भौतिक मन्त्रालय दिन चाहे पनि लामिछानेले भने गृहमन्त्रालयको अडान नछोडेपछि प्रचण्ड र ओलीले थप छलफल गर्ने तयारी गरेको बताईएको छ ।

बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी रहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update