Kath khabar
मन्त्री बन्दै पदम, हितबहादुर र डीपी, शपथ आजै

 

           काठमाडौं, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, माओवादी र रास्वपाको नयाँ गठबन्धनबाट प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।
 
एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल पहिलो चरणमा मन्त्री बन्ने भएका छन् । तीनैजना विनाविभागीय मन्त्री बन्न लागेको स्रोतले बताएको छ । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

तिनैजनाले आज मन्त्रीको शपथ लिने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

माओवादीका हितबहादुर तामाङ नुवाकोट-१ का सांसद हुन् भने पदम गिरी पर्वतका र  डीपी अर्याल धादिङका सांसद हुन् । यसअघि गिरी स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री बनेका थिए । तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update