Kath khabar
भक्तपुर जिल्लाका डीएसपी पाठकले सेवाग्राहीलाई दुर्व्यवहार गरको आरोप


                      भक्तपुर, फागुन २२ । पुलिस रिर्पोटको बारेमा छलफल गर्न जाँदा आफूहरुलाई भक्तपुरका डीएसपी बसन्त पाठकले दुर्व्यवहार गरेको केही युवाहरूले आरोप लगाएका छन् ।

राष्ट्रिय संचार केन्द्रको कार्यालय गठ्ठाघरमा मंगलबार पत्रकार सम्मेलन गर्दै पीडीतले सेवा लिन प्रहरीकोमा जादा अपमानित हुनु परेकोमा दुःख व्यक्त गरेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरमा आइतबार चाँगुनारायण नगरपालिका वडा नं. ६ का कृष्ण वाइबा आफ्ना छिमेकी विनोद तामाङ्गको पुलिस रिर्पोट बारेमा कुरा गर्न गएका थिए ।

उक्त क्रममा केही मिनेट हुन नपाउँदै आफूलाई प्रहरी लगाएर बाहिर निकाल्न भन्दै डीएसपी पाठक चर्को स्वरमा कराएको कृष्ण वाइबा पत्रकार सम्मेलनमा बताए । “तैले के गर्न सक्छस् गर” भन्दै “डीएसपी सरले हामीमाथि दुर्व्यवहार गर्नु भयो,” वाइवाले भने ।

तेरो मानिसको भविष्य मैले बिगारेको हो र भन्दै तथानाम बोलेको वाइबाको आरोप छ । नगरकोटमा एकै नाम गरेका धैरे मानिस भएकाले को अपराधमा संग्लन छ, को छैन भन्ने प्रहरीले छुट्टाउनु पर्ने उनीहरूको माग रहेको छ । केही समस्या परेर पुलिस कहाँ जादा जनता सुरक्षित हुदैंनन् भने कहाँ जाने ? उनले प्रश्न गरेका छन् । ६ वर्ष अगाडिको घटनामा संग्लन आरोपितहरु अदालतको आदेश अनुसार जेल चलान भएको र सोही घटनामा संग्लन व्यक्तिसँग आफ्नो नाम मिल्दा प्रहरीले यो पटक पुलिस रिर्पोट नदिएको पीडित युवा विनोद तामाङ्गको भनाई छ ।

विगतमा एक पटक आफू पुलिस रिर्पोट बनाएर साइप्रस समेत गएर आएको र अब पनि विदेश जानेक्रममा पुलिस रिर्पोट लिन जाँदा यस्तो भएको विनोदको भनाई छ । “नाम मात्रै मिलेको भएर मलाई दुःख दिइनु राम्रो होइन,” विनोदले भने ।  

पीडितले सेवाग्राहीमाथी दुर्व्यवहार गर्ने प्रहरी अधिकृतलाई आवश्यक कारवाही गरि जनताको सेवा पाउने अधिकारबाट बञ्चित गर्न सम्बन्धी पक्षसँग आग्रह गरेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update