Kath khabar
मन्त्रालय भागबन्डामा कसलाई कुन मन्त्रालय ?

 

                    काठमाडौं, फागुन २३ । बालुवाटारमा भर्खरै सकिएको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा लगभग सहमति भएको जनाएको छ ।

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन् भने नयाँ गठबन्धनबाट बनेको सरकारमा उपप्रधान सहित अर्थमन्त्रालयको जिम्मेवारी वर्षमान पुनलाई दिने निर्णय गरेको छ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले ८ मन्त्रालय पाउने भएको छ । नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको बताइएको छ । उनी यसअघि उपप्रधानसहित परराष्ट्र मन्त्री भईसकेका छन् । योसँगै नेकपा एमालेबाट दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

यस्तै, नेकपा माओवादीले पनि सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंग्याएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री माओवादीले दोहोराउने भएको छ ।

रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update