Kath khabar
कलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम

काठमाडौं, असार १८ । निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसन को आधिकारिक डिलर, मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्नेछ। महाराजगंज र बालकुमारी पछि यो मेगा मोटर्सको तेश्रो शोरुम हो । 

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाका अनुसार, कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै हाम्रो ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ र उपत्यका कुनैपनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिने छ । 

कम्पनीका अनुसार, काठमाडौं उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै सहज आपूर्तिको लक्ष्य सहित यो शोरुम सञ्चालनमा ल्याइएको हो । साथै अब उक्त शोरुम बाट पनि निशानको नयाँ लोगो भएको ’बिग, बोल्ड, ब्युटिफुल ’ म्यागनाइट खरिद गर्न सकिनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update