Kath khabar
सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल

काठमाडौं,  असार १८ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल नियुक्त हुनुभएको छ । बैंकको २०७८ जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा २०७८ असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि नियूक्त गरेको थियो । उहाँ २०७८ बैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतकारुपमा कार्यरत हुनुहुन्थ्यो भने विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध हुनुहुन्थ्यो । आजदेखि वहाँले बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्नु भएको छ ।

नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंकमा २४ को वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र  म्यानमारको एजीडी बैंकमा १ वर्ष) मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ । डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले बताउनु भयो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयााँ उचाईमा पुर्याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छा राजतामाङ्गले वताउँदै बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामीदिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिनुभयो । बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म ८८.९४ अर्वको निक्षेप र रु.८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update