Kath khabar
अर्थमन्त्रालयले दियो प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

काठमाडौं, असार १९ । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई सात अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामाग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर तीन गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो ।

 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update