Kath khabar
विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसदमा प्रस्ताव पेस


                  काठमाडौं, फागुन ३० । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै सो प्रस्ताव पेस गर्नुभएको हो ।

उहाँको सम्बोधनपछि अन्य पार्टीका शीर्ष नेताहरुले बैठकलाई दलीय आधारमा संसदमा धारणा राखिरहनुभएको छ । प्रधानमन्त्री दाहालले सत्तागठबन्धन परिवर्तन गरेपछि र सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले यसअघि उहाँलाई दिएको समर्थन फिर्ता गरेपछि आज संसद्बाट विश्वासको मत लिनुपरेको हो ।

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update