यूरोप, असार १९ । साविक बिजेता ब्राजिल कोपा अमेरिकाको सेमीफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा चीलीमाथि एक सुन्य गोलको कठिन जित हात पार्दै ब्राजिल अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । लुकास पकेटाले दोस्रो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
४६ औं मिनेटमा ब्राजिलले लुकासको गोलमा अग्रता बनाएको थियो । उहाँले मैदान छिर्नुभएको एक मिनेटभन्दा पनि कम समयमा गोल गर्नुभएको हो । त्यसको दुई मिनेटमा ग्राबियल जेसुस रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु भएको थियो । उहाँले मिनामाथि फाउल गरेपछि रेफ्रीले सोझै रातो कार्ड दिनुभएको थियो ।
यस्तै अर्को खेलमा पेरु बिजयी भएको छ । पेरुले पारग्वेलाई पेनाल्टी सूटआउटमा ४-३ गोल अन्तरले हराएको हो । निर्धारित समयमा पेरु र पाराग्वे दुवै टिमले तीन तीन गोल गरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।