प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौं, चैत २ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करीबारे प्राप्त प्रतिवेदन कार्यान्वयन गर्न आज ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।
प्रतिवेदनमाथि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनुभएको हो । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएका प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय