यूरोप, असार २० । चेक रिपब्लिकमाथि दुई एक गोलको जित हात पार्दै डेनमार्क युरोकप २०२० को सेमीफाइनलमा प्रवेश गरको छ । युरोकप फुटबलको इतिहासमा उसले पहिलो पटक चेकलाइ हराएको हो । डेनिस टोली २९ वर्ष पछि युरोको फाइनलमा पुगेको हो ।
पहिलो दुई खेल गुमाएर मात्र तीन अंक जोड्दै अन्तिम चारमा प्रवेश गरेको डेनिस टोलीले आफ्नो उत्कृष्ट लय कायमै राखेको छ । पहिलो दुई खेल गुमाएर अन्तिम चार प्रवेश गर्ने इतिहास समेत डेनमार्कले बताएको छ । प्रतियोगितामा आफ्नो पहिलो खेलमा उसका मिडफिल्डर क्रिस्टियान इरिक्सनमा कार्डियाक अट्याक आएको थियो । त्यसपछि सम्हालिएको उसले एक पछि अर्को चरणमा बलियो खेल प्रस्तुत गरिरहेको छ ।
प्रिक्वाटरफाइनलमा उसले वेल्स विरुद्ध चार सुन्य गोलको प्रभावशाली जित हात पारेको डेनमार्कले गएराती पनि आफ्नो उत्कृष्ट लयलाई कायमै राखेको थियो । अजरबैजानको बाकुमा भएको खेलको पहिलो हाफमै डेनिस टोली दुुई सुन्य गोलको अग्रता बनाएको थियो । शारिरिकरुपमा बलिया टोली चेक विरुद्ध डेनमार्कले मात्र पाँचौ मिनेटमा नै अग्रता बनाएको थियो । कर्नरबाट आएको बलमा थोमस डिलेइनीले हेडर गोल गरि डेनमार्कलाई एक सुन्यले अघि राख्नुभयो ४२ औ मिनेटमा थोमस डोल्बर्गले डेनमार्कको अग्रतालाई दोब्बर बनाउनुभयो ।
योकिम मिइलको सुन्दर क्रशमा उहाँले गोल गर्नुभएको हो । जारी प्रतियोगितामा उहाँको यो तेस्रो गोल हो । अघिल्लो खेलमा उहाँले वेल्स विरुद्ध दुई गोल गर्नुभएको थियो । उहाँले दोस्रो हाफमा चेकका युवा खेलाडी प्याट्रिक सिकले एक गोल फर्काउनुभएको थियो । तर हार टार्न भने पर्याप्त बनेन ।
४९ औँ मिनेटमा गोल गरि उहाँले आफ्नो गोलसंख्या जारी प्रतियोगितामा पाँच पुर्याउनुभयो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि जारी प्रतियोगितामा पाँच गोल गर्नुभएको छ । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन डेनमार्क सेमीफाइनल प्रवेश गर्यो । आफ्नो राष्ट्रिय टोलीलाई समर्थन जनाउन एक हजार डेनिस समथर्क बाकु पुगेका थिए । खेल पछि डेनिस प्रशिक्षक कास्पर हुल्मण्डले आफ्नो प्रत्येक जितमा इरिकशनलाई सम्झेको बताउनुभएको छ । डेनिस टोलीले १९९२ मा युरोपेली च्याम्पियनसिपको उपाधी जितेयता क्वाटरफाइनल पार गर्न सकेको थिएन ।