
काठमाडौं, चैत ४ । निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ ।
चलचित्रले पहिलो सातामा बक्स अफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत ब्यापार गरेको निर्माणपक्ष बताउँछन् । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको यो चलचित्र हिजो शुक्रबारबाट तेश्रो सातामा प्रवेश गरेको हो ।
मानव तस्करीको विरुद्ध प्रबल संघर्षको पक्षमा आवाज उठाइएको यो चलचित्रमा निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशन छ। यो चलचित्र निर्माण गर्नुको उद्देश्य केवल मनोरञ्जनको रूपमा मात्र नभएर समाजमा जागरुकता बढाउनका लागि एक शक्तिशाली औजारको रूपमा प्रस्तुत गरिएको निर्माणपक्ष बताउँछ ।
निर्देशक चौधरी भन्छन्,– शक्तिशाली दृश्यात्मक भाषाद्वारा, चलचित्रले सम्बन्धित निकाय तथा सर्वसाधारण जनतालाई जागरुक बनाउने तथा आवाज उठाउन प्रेरित गर्ने लक्ष्य लिएर चलचित्र निर्माण गरिएको हो । ’अगस्त्य’ चलचित्रको नाम प्राचीन ऋषि, अगस्त्य महर्षिबाट प्रेरणा लिइएको हो । उहाँले आफ्ना लक्ष्यहरू प्राप्त गर्न पहाड समेत झुकाउनु भएको थियो । हाम्रो चलचित्रको कथामा, हाम्रो मुख्य चरित्र अभिनेता, राष्ट्रिय हीरोहरू सुरक्षा कर्मीलाई प्रतिनिधित्व गर्दै, मानव तस्करीको विरुद्ध प्रबल संघर्ष गर्दछ ।
त्यस्तै, समाजमा महिलाहरूले खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई उच्च सम्मान गर्दै यो महिलाहरुको लागि चलचित्रमा विशेष छुटको व्यवस्था गरिएको छ । २०२४ मार्च १८ गते सोमबार सम्पुर्ण महिलाहरूले चलचित्र अगस्त्यको टिकट मूल्यमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।