Kath khabar
इंग्ल्याण्ड २५ वर्ष पछि युरोकपको सेमीफाइनलमा

यूरोप, असार २० । इंग्ल्याण्डले २५ वर्र्ष पछि युरोकपको सेमीफाइनलमा प्रवेश गरेको छ । गएराती इटालीको रोममा भएको खेलमा उसले युक्रेनमाथि चार सुन्य गोलको प्रभावशाली जित हात पारेको हो । जारी युरोमा उसले एक गोल पनि खाएको छैन् ।

उसले यस अघि १९९६को युरोमा अन्तिम चारमा स्थान बनाएको थियो । उपाधीको बलियो दाबेदार जर्मनीमाथि दुई सुन्य गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो । खेलको चौथो मिनेटमा नै रहिम स्टर्लिङको पासमा कप्तान हेरी केनले गोल गर्नुभयो ।

इंग्ल्याण्डले दोस्रो हाफमा तीन गोल थप्दा युक्रेनले एक गोल पनि फर्काउन सकेन । दोस्रो हाफ सुरु भएको मात्र दुई मिनेटमै ह्यारी मगोयारले इंग्ल्याण्डको अग्रतालाइ दोब्बर बनाउनुभयो । लुक सको कर्नर प्रहारलाई उहाँले पोष्टको दिशा दिनुभएको हो । ५० औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । जारी प्रतियोगितामा यो उहाँको तेस्रो गोल हो । यस पटक पनि सले नै दिएको क्रसमा केनले करिब ६ यार्ड टाँढाबाट गोल गर्नुभएको हो ।

६३ औँ मिनेटमा वेकल्पिक खेलाडी जोर्डन हेन्डरसनले गोल गरेपछि इंग्ल्याण्डको चार सुन्य गोलको प्रभावशाली जित सुुनिश्चित बनायो । यो उहाँको ६२ र्औँ खेलमा पहिलो अन्तराष्ट्रिय गोल हो । साथै इंग्ल्याण्डले युरो कप २०२० मा लगातार पाँच खेलसम्म क्लि सिट राखेको छ । इंग्लीस गोल रक्षक जोर्डन पिकफर्डले युरोमा पाँच खेलसम्म गोल नखाने पहिलो खेलाडीको किर्तीमान बनाउनुभएको छ । अब उसले फाइनल प्रवेशका लागि डेनमार्कसँग घरेलु मैदानमा वेम्बलीमा खेल्नेछ । योसँगै युरोको सेमीफाइनल पुग्ने चार टोलीको नाम टुंगो लागेको छ । यस अघि स्पेन र इटालीले सेमीफाइनमा स्थान बनाइसकेको छ ।

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update