युरोप, असार २० । स्टार खेलाडी लियोनल मेस्सीको शानदार प्रदर्शनमा अर्जेन्टिनाले कोपा अमेरिकाको सेमीफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वाटरफाइनल खेलमा इक्वेडरमाथि तीन सुन्य गोलको जित हात पारेको हो । अब अर्जेन्टिनाले फाइनल प्रवेश लागि कोलोम्बियासँग खेल्नेछ ।
ओलम्पिको स्टेडियममा भएको खेलको पहिलो हाफमा अर्जेन्टिनाले एक सुन्य गोलको अग्रता बनाएको थियो । गोलरक्षक हर्नान ग्लीनडेजले निकालोस गोञ्जोलेजलाई रोक्दा फुत्किएको बललाइ मेस्सीले नियन्त्रणमा लिइ रोद्रिगो पललाई पास मिलाइदिनु भएको थियो । जसमा रोद्रिगोले सहज गोल गर्नुभयो । दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल थपेको थियो । ८४ औँ मिनेटमा मेस्सीकै पासमा लौटारो मार्टिनेजले गोल गरि अर्जेन्टिनालाई दुई सुन्य गोलले अघि राख्नुभयो । इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर दश खेलाडीमा झर्यो । बक्सभन्दा केही बाहिर इक्वेडरका पिइरो हिनक्यापीले एंगल डि मारियालाई फउल गरेपछि रेफ्रीले साझै रातो कार्ड दिइ मैदानबाट बाहिर पठाउनुभएको थियो । सोही फउलमा पाएको फ्रिकिकमा मेस्सीले सुन्दर गोल गरि अर्जेन्टिनाको तीन सुन्य गोलको जित सुनिश्चित बनाउनुभएको हो ।
कोलम्बिया पनि अन्तिम चारमा
लुइस स्वारेज र इडिसन कभानी सम्मिलत उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइन्लबाटै बाहिरिएको छ । कोलम्बियाले उरुग्वेलाई चार दुइले पराजित गर्दै सेमीफाइनलमा स्थान बनायो । आज बिहान भएको खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । उरुग्वे र कोलोम्बियाले खेलको पहिलो हाफमा समान एक एक गोलको अवसर सिर्जना गरेका थिए । राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्नुभएका कोलोम्बियन गोल रक्षक डेभिड ओस्पिनाको उत्कृष्ट प्रदर्शनमा कोलोम्बियाले टाइब्रेकरमा चार दुई गोलको जित हात पार्यो । उहाँले आफ्नो १ सय १२ औँ खेलमा होसे मारिया गिमिनेज र मतियास भिनाको प्रहार बिफल बनाउनुभयो । यता लुइज स्वारेज, इडिन्सन कभानीले पेनाल्टिलाइ गोलमा परिणत गरेपनि उरुग्वेको हार टार्न सक्नुभएन । कोलम्बियाले मात्र एक पटक २००१ मा कोपा अमेरिकाको उपाधी जितेको थियो । उरुग्वे लगातार दोस्रो पटक सेमीफाइनल पुग्न असफल भएको हो ।