Kath khabar
नेपाली रुपैयाँसहित एक व्यक्ति नियन्त्रणमा


                   काठमाडौं, चैत ५ । पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ शंकराचार्य ईलाकाबाट चैत्र ४ गते ५ लाख नेपाली रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिईएको छ ।

भारतको पूर्वीचम्पारण रक्सौल नगर पञ्चायत–७ घर बताउने २४ वर्षिय उमेश कुमार यादवलाई प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजले नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा फेला परेको १ हजार दरको ५ सय वटा नोटको श्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।


चोरीपैठारीको सामान बरामद
पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ स्थित सीमा ईलाकाबाट चैत्र ४ गते करीव २ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ ।

भारतबाट अवैध रुपले चार वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको किराना सामान र लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो । बरामद सामान विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update