Kath khabar

 

                        काठमाडौं, चैत ७ । प्रतिनिधिसभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । साथै खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित गर्ने प्रस्ताव पनि रहनेछ ।

यसैगरी अर्थमन्त्री वर्षमान पुनले जारी छलफलमा सांसदहरुले उठाएका जिज्ञासाहरुको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update