Kath khabar
सरकारी खर्चको श्रोत सुनिश्चितताको लागि भोलि नौ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बेच्दै राष्ट्र बैंक

काठमाडौं, असार २०। सरकारी खर्चको श्रोत सुनिश्चितताको लागि भोलि सोमबार नेपाल राष्ट्र बैंकले नौ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । चालुु आर्थिक बर्षको लागि सरकारले कुुल दुई खर्ब २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष लिएको र सोही लक्ष्यलाई पहिल्याउनको लागि राष्ट्र बैंकले भोलि उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गरिने छ । असार २२ गते मंगलबार जारी मिती तोकिएको ट्रेजरी वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरी ९१ दिने अवधिको नौ अर्ब १० करोड रुपैयाँ रहेको छ । जसमध्ये १० करोड रुपैयाँको ट्रेजरी पुरानो नविकरण अन्तर्गतको र बाँकी नौ अर्ब रुपैयाँको ट्रेजरी भने नयाँँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ असोज १९ गते तोकिएको छ । यसअघि गत साता पनि ९१ दिने अवधिको ११ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।    

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update