Kath khabar
डाबर नेपालद्धारा नेपालकै पहिलो फोर्टिफाइड जुस सार्वजनिक

काठमाडौं, असार २० । डाबर नेपालले बर्षोंदेखि नेपाली बजारमा आफ्नो उच्चस्तरीय उत्पादनहरुद्वारा ग्राहकहरुको विश्वास जित्दै आएको छ । अहिलेको यो महामारीको अवस्थामा हामीहरु सबैलाई रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता पर्ने हुनाले डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउनको लागि नयाँ जुस “रियल इम्यूनो म्याङ्गो प्लस” बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस हो ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भएपनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो । श्री एच.एस. बेदी, डाबर नेपालका प्रमुखले प्रेस विज्ञप्तिमा भन्नु भयो – ग्राहकलाई सन्तुष्टी दिन आफ्ना उत्पादन वृहत् बनाउँदै नेपालको नं. १ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर छ ।

रियल इम्यूनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवर्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ । रोगप्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यतिमात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ । “अहिलेको यो कोभिड-१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणलाई समय अनुकुल मानेर ज्यादै सराहना गरेका छन” भनेर डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले भन्नु भयो । यसै गरी “प्रोडक्ट डेभलप्मेन्टको दौरानमा गरिएको ब्लाइन्ड टेष्ट पनि उपभोक्ताहरुले रियल इम्यूनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेका थिए” उहाँले भन्नु भयो । यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० रुपैयाँ र एक लिटर प्याकको मूल्य दुई सय ५० रुपैयाँ कायम गरिएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update