Kath khabar
दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

               काठमाडौं, चैत १२ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा फैसला गरेको छ ।

झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धित सरकारी निकायलाई माग गर्दै दायर रिटमा सर्वोच्चले उक्त कलेजलाई सम्बन्धन दिनू भनी आज फैसला गरेको हो ।
 
न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ ।
 
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update