काठमाडौं, चैत १३ । संसारभरी रासायनिक बिषादयुक्त रंग प्रयोग गरि होली मनाउदैं गर्दा नेपालको राजधानी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा चैत्र १२, २०८० मा सौहार्दपूर्ण पुष्पको होली उत्सब आयोजना गरिएको छ ।
वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्ण को सुन्दर मन्दिर रहेको छ जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ र मिठो खीर प्रसाद दर्शनार्थीलाई निःशुल्क वितरण गरिन्छ । भगवान् श्री कृष्ण स्वयम् श्री चैतन्य महाप्रभुको रुपमा करिब ५३५ बर्ष अघि पश्चिम बङ्गालको नवदीप, मायापुरमा प्रकट हुनुभएको हो, आज उहाँकै प्राकट्य तिथिमा भगवानलाई पुष्पको होली र भगवानको बिशेष अभिषेकका साथ होली मनाइएको छ । संसारभरी चिर परिचित रुपेश्वर प्रभुजीको विशेष प्रवचन र किर्तनले पनि आजको विशेष शोभा बढाएको हो । विशेष
हजारौं भक्तजनहरुको साथ बिहान ४ः३० बजेदेखि विविध कार्यक्रमका साथै हरे कृष्ण महामंत्रको नगर किर्तन बुढानिलकण्ठस्थित भगवान् नारायणको परिक्रमा गरि उत्सव आयोजना गरिएको थियो । कुनै बर्गीय र जातीय विभेद बिना सम्पूर्ण जीवात्माको हितको लागि इस्कोनद्वारा विशेष सेवा गरिन्छन् । जीवनका लागि भोजन नेपाल, भक्तिवेदान्तहस्पिटल, भक्तिवेदान्त गुरुकुल, भक्तिवेदान्तपाठशाला लगायत विशेष प्रोजेक्टहरुद्वारा सेवा प्रदान गरिएको छ । आज हजारौं भक्तजनहरु सहित विशेष सांस्कृतिक कार्यक्रम र भजनसँगै सन्ध्याको समयमा विशेष पुष्प होली खेलिएको हो ।
हरेक शनिबार बिविध कार्यक्रमका माझ हजारौं भक्तजनलाई भोजनको ब्यवस्था हुने गर्दछ र फाल्गुण गौर पुर्णिमाको तिथिमा भगवानको अविर्भावको तिथिमा सन्ध्या चन्द्रोदयको समयसम्म ब्रत बस्ने गरिन्छ । भगवानलाई अर्पित प्रसादम सम्पूर्ण उपस्थित भक्तजनलाई वितरण हुन्छ इस्कोन नेपालका विशेष जिल्लामा अवस्थित ५५ बढी केन्द्रहरुमा पनि फूलको होली खेलिएको छ ।
आध्यात्मिक ज्ञान र भक्तिको खोजीमा भएकाहरुलाई उत्तम स्थान इस्कोनका विशेष केन्द्रहरुमा गई मेडिटेसन (ध्यान), हरे कृष्ण महामंत्रको जप, सुन्दर भगवानका विग्रहको आरती, दर्शन र प्राथना गर्न सकिन्छ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मिक संस्थाको रुपमा भक्तिवेदान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो ।
संसारभरिका १२०० ठूला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मिक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।