Kath khabar
अनलाईनमार्फत ठगी गर्ने तीन जना चिनियाँ नागरिक पक्राउ


                 पर्सा, चैत १८ । अनलाईनमार्फत ठगी गरेको अभियोगमा ३ जना चिनियाँ नागरिकहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चिन हुनान ठेगाना भएका ३३ वर्षीय लिउ गुई स्याई तथा चिन हुवेई ठेगाना भएका २६ वर्षीय वाङ वोहान र ३६ वर्षीय सिआङ सिआओ रहेका छन् ।

अनलाईन लटरी, सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारण नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले निगरानी गर्ने क्रममा उनीहरूलाई पर्साका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

साथै वीरगंज महानगरपालिका–१५ स्थित उनीहरूले भाडामा लिएको घरबाट कम्प्युटर सीपीयु १ सय २० थान, मनिटर १ सय १८ थान, राहदानी ३ थान, मोबाइल ३५ थान, भारतीय न्भय क्ष्m अबचम १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान,  बैंक एटीएम कार्ड ३ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाईफाई राउटर २ थान, मिनी इनभर्टर २ थान, गाडी १ थान, मोटरसाइकल १ थान र मलेशियन मुद्रा ३७ रिंगिट, ४३ हजार नेपाली रूपैयाँ र कम्बोडियन मुद्रा ३ हजार ५ सय प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update