काठमाडौं, चैत १९ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१” योजना ग्राहकहरु माझ ल्याएको छ ।
यो ग्राहकमुखी योजना यही चैत्र १९, २०८० देखि नेपाल भरिसुरु भएको छ । आफ्नो ग्राहकहरूको यात्रा खास बनाउन यसपालि हुन्डाईले तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको छ ।
“हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१” अन्तर्गत ग्राहकहरूले कुनै पनि हुन्डाई गाडीको खरिदमा रु.६,००,००० सम्मको आकर्षक नगद छुट, र रु.१०,००,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । आफ्ना ग्राहकहरुका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा “हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१” योजना अन्तर्गत ग्राहक महानुभावहरूले स्क्य्राचको तीन गुणा सम्म नगद छुट प्राप्त गर्न सक्नुहुनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र इभी गाडीको ब्याट्री मा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् । यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याच ब्याक, कम्प्याक्ट एसयूभी, एसयुभी तथा ईभी इभी गाडी खरिद गरि फाइदा लिन सकिनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४५ं चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाइका उत्कृष्ट उत्पादनहरुले नेपालभरी धेरै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।