Kath khabar
ज्योति विकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेबान) बीच सम्झौता

काठमाडौं, असार २१ । ज्योति विकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियेसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । सम्झौता पश्चात ज्योति विकास बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तीय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ ।

व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्राइ आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् । यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त रेबानसंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएम वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update