काठमाडौं, असार २१ । अजोड इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले काठमाडौंको सिटीसी मल सुन्धारामा सोमबार आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको हो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गर्नु भएको थियो ।
कम्पनीको प्रधान कार्यालय सहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरी जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् ।
कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि वेभ बेस सिस्टम र कम्प्युटर बिलिङको व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एवम् पारदर्शि बनाउने उदेश्यले फास्ट ट्रयाक दावी भुक्तानी नीति अवलम्वन गरी रु.२ (दुई) लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ । कम्पनीले इन्टिग्रेटेड एमआईएस सिस्टम, इन्भेष्टमेन्ट सफ्टवेयर, अजोड च्याट बोर्डको शुरुवात गरिसकेको छ । त्यसैगरी डिजिटल गेटवे पेमेन्टका लागि आईएमई पे, प्रभु पे, एनआईसी एशिया फोन पे, सेल पे, खल्ती, ईसेवा पे वेल, कनेक्ट आईपिएस आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ ।
चालु आ.ब.को मिति २०७८।०३।२१ गते सम्म कम्पनीको चुक्ता पूँजी १(एक) अर्व, लगानी रु.१४७.३१ करोड र कुल दाबी भुक्तानी रु.५८.९७ करोड ( कोरोना बीमा दाबी भुक्तानी रु.१२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी रु.४६ करोड ) रहेको छ ।
कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने पक्रियामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका बावजुत हालसम्म १२०७०६ बीमालेख जारी गरी रु. १२०.८३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको कुरा हामी सहर्ष जानकारी गराउदछौं ।