काठमाडौं,बैशाख ४ ।( रासस ) शनिबारबाट किर्तीपुरस्थीत त्रिवी मैदानमा सुरु हुने त्रिदेशीय टि–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक भएको छ ।
आज नेपाल क्रिकेट संघ क्यानले नेपालका कप्तान ज्ञानेन्द्र मल्ल , नेदरल्याण्ड्सका पिटर सिलार र मलेसियाका फैज अहमदलाई राखेर ट्रफी सार्वजनिक गरेको हो । साथै क्यानले प्रतियोगिताका लागि आइसिसि र सरकारले बनाएको कोभिड नाइन्टिनको निर्देशिका पालना गरिरहेको बताएको छ । सिमित दर्शकलाई प्रवेश दिने क्यानले बतायो ।
प्रतियोगिताको उद्यघाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्नेछ। टिमका महत्वपुर्ण खेलाडी एवम् पुर्व कप्तान पारस खड्काले भने इन्जुरीका कारण प्रतियोगिता गुमाउने भएका छन् ।
प्रशिक्षणका दौरान फिल्डिङ गर्ने क्रममा उनको काँधमा चोट लागेको हो । डाक्टरले उनलाई करिब तीन साता आराम गर्ने सल्लाह दिएको बताइएको छ । उनको स्थानमा सन्दिप जोरालाई बोलाइएको छ ।