Kath khabar
नेपाल फाईनान्सले ललितपुर फाईनान्सलाई प्राप्ती गरी असार २७ गतेबाट एकीकृत कारोवार गर्ने

काठमाडौं, असार २१ । नेपाल फाईनान्सले ललितपुर फाईनान्सलाई प्राप्ती (एक्विजिसन) गरी यही असार २७ गतेबाट एकीकृत कारोवार सञ्चालन गर्ने भएको छ । नेपाल फाईनान्सले दिएको जानकारी अनुसार यही असार १५ गते नेपाल राष्ट्र बैंक एकीकृत कारोवारको लागि अन्तिम स्वीकृति पाएको र कम्पनी रजिष्टर्डको कार्यालयबाट पनि यही असार १८ गते एकीकृत कारोवारको लागि स्वीकृति पाएको हो ।

सोही आधारमा यही असार २७ गतेबाट ललितपुर फाईनान्सलाई प्राप्ती गरेर एकीकृत कारोवार सञ्चालन गर्न लागेको नेपाल फाईनान्सले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update