Kath khabar
एकल बहुमतसहित निर्णायक बन्नुपर्नेमा अध्यक्ष ओलीको जोड


                      गण्डकी, चैत २३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले एकताबद्ध एवं अनुशासित भएर पार्टीलाई बलियो बनाउने गरी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत भएको उहाँले टिप्पणी गर्नुभयो । स्वतः वरिष्ठ नेताका रुपमा रही दोस्रो वरियताको नेता बन्ने र झन्झट दिने काम गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा एमालेमा त्यस्तो नहुने बताउनुुभयो । आफूले सकुन्जेल काम गर्ने र अध्यक्ष छोडेपछि त्यस्तो झन्झट नदिने उहाँले स्पष्ट पार्नुभयो ।

पोखरामा आफूले जेलजीवन बिताउँदा धेरै माया र स्नेह पाएको स्मरण गर्दै उहाँले यो आफैँमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउनुभयो ।
 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update