लाङटाङ पदमार्गमा पर्यटकको मृत्यु
रसुवा, चैत २३ । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने त्रममा आज एक पर्यटकको मृत्यु भएको छ ।
लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो । पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए ।
पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पु¥याउँदा चिकित्सकले आज साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत २४, २०८० ०७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय