कैलाली, चैत २७ । कैलालीमा दिदीबहिनी एउटै कोठामा मृत फेला परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० निवासी कलेशु चौधरीकी दुई छोरी मंगलबार बिहान मृत भेटिएका हुन् ।
चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी एसपी बिष्टले बताए ।
मृतकमध्ये जेठी छोरी केही वर्षदेखि मुटु रोगको औषधी खाइरहेको र कान्छी छोरी डिप्रेशनको औषधी खाइरहेको प्रारम्भिक अनुसन्धानका क्रममा बुझिएको एसपी विष्टले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । “प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ, दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधि खाइरहेको बुझिएको छ,” घटनास्थल पुग्नुभएका प्रहरी उपरीक्षक विष्टले भन्नुभयो, “घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ ।”