काठमाडौं, असार २३ । पछिल्ला दिनमा व्यापक रूपले रेमिट्यान्स बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ ।
विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ । साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।
सिफ्ट युकेमा अवस्थित अन्तराष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो, जसले विश्वभर सजिलो, सुरक्षित र किफायती तरिकाबाट रेमिट्यान्स सेवा दिँदै आएको छ । सिफ्टले समय र दुरिको अवरोधलाई पार गराइ द्रुत रेमिट्यान्स सेवा मार्फत विश्वभरका मानिसहरूको आवश्यकता पुरा गर्दै आएको छ । सिफ्टसँग ६ महाद्धिपका २ लाख ५० हजार भन्दा बढि स्थानहरूमा नेटवर्क सञ्जाल छ । एशिया, युरोप, अफ्रिका,अष्ट्रेलिया,दक्षिण र उत्तर अमेरिका लगायतका विश्वका धेरै बैंक र एक्स्चेञ्ज कार्यालयहरूबाट विप्रेषण पठाउने र भुक्तानीको सेवा दिँदै आएको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।