प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, रिहाइका लागि थप प्रयास गर्न अनुरोध
काठमाडौं, वैशाख ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१ १०:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय