Kath khabar
वाणिज्य विभागका महानिर्देशक पौडेल तथा नाडा प्रतिनिधिबीच छलफल

काठमाडौं, असार २३ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड-१९ को कारण ठूलो समस्यामा परिरहेका व्यवसायीहरुको  सहजीकरण गर्ने सम्बन्धमा विभागमा छलफल भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदसिय नाडा प्रतिनिधि मण्डलले आज बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसंग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा पनि छलफल गरेकोे नाडाले जनाएको छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको भन्नु हुदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गर्नुभयो । उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरु बारे अवगत गराउनु भयो । त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नविकरण ५ बर्षका लागि नविकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनु पर्ने तथा नयाँ एक्जीम कोड लिदा बैक ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गर्नु भयो । उक्त छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गर्नु भयो । छलफलको अन्तमा विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइलक्षेत्रमा ज्वलन्त रुपमा के के समस्याहरु छन त्यसलाई बुंदागत रुपमा विभागमा पठाउन समेत अनुरोध गर्नुभयो ।

सो छलफलमा विभागकातर्फबाट विभागका प्रवक्ता शिवराज सेढाई समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update