Kath Khabar
थप २९७९ जनामा कोभिड १९ को संक्रमण

काठमाडौं, असार २३ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप दुुर्ई हजार नौ सय ७९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुुल ११ हजार आठ सय ९८ वटा स्वाब नमुनाको परीक्षण उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । 

कोभिड १९ को संक्रमणबाट पछिल्लो अवधिमा २८ जनाको मृत्युु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार तीन सय ३३ जना संक्रमणमुक्त भएकाछन् । यस अवधिमा काठमाडौं उपत्यकामा भने पाँच सय ४३ जनामा संक्रमण पुष्टि भएको छ। 

जसमध्ये काठमाडौं जिल्लामा तीन सय ९०, ललितपुर जिल्लामा ८६ र भक्तपुर जिल्लामा ६७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार अहिले देशभर २६ हजार पाँच सय ४४ जना सक्रिय संक्रिमतहरु रहेकाछन् । 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update