Kath khabar
क्लाउड सिडिङ भनेको के हो, जसबाट कृत्रिम वर्षा गरिन्छ !


                        काठमाडौं, वैशाख ११ । क्लाउड सिडिङ  (Cloud Seeding) कृत्रिम वर्षा उत्पादन गर्ने वैज्ञानिक विधि हो । यस प्रक्रिया अन्तर्गत कृत्रिम रूपमा वर्षा सिर्जना गरिन्छ ।

क्लाउड सिडिङको लागि, सिल्भर आयोडाइड वा ड्राई आइस (ठोस कार्बन डाइअक्साइड) रकेट वा हवाइजहाज मार्फत बादलहरूमा छोडिन्छ । जहाँ वर्षा गराउनुछ त्यहा हावाको विपरीत दिशामा हवाइजहाजबाट स्प्रे गरिन्छ । कहाँ र कुन ठाउँमा बादल छर्दा बढि वर्षाको सम्भावना हुन्छ त्यो निर्णय निर्णय मौसमविद्हरूले गर्छन्, यसको लागि मौसमी डाटा प्रयोग गरिन्छ । यस प्रक्रियामा बादलहरूले हावाबाट आर्द्रता सोस्छन् र तिनीहरूको द्रव्यमान बढ्न थाल्छ । जसका कारण भारी वर्षाका थोपाहरू बन्न थाल्छन् र पानी पर्न थाल्छ । क्लाउड सिडिङबाट हुने कृत्रिम वर्षा सामान्य वर्षाभन्दा बढी तीव्र हुन्छ ।

क्लाउड सिडिङबाट पानी पार्न बादल हुनु जरुरी हुन्छ । आकाशमा बादल जम्मा भएमा मात्रै क्लाउड सिडिङबाट पानी पर्न सक्छ । यस्तो अवस्थामा मनसुनको समय यसका लागि उपयुक्त हुन्छ, किनभने यो मौसममा बादलमा चिसोको मात्रा बढी हुन्छ ।

क्लाउड सिडिङ ​​फेब्रुअरी १९४७ मा बाथर्स्ट, अस्ट्रेलियाको जनरल इलेक्ट्रिक ल्याबमा सुरु भयो । त्यसपछि धेरै देशहरूले यसलाई प्रयोग गरे । रिपोर्टका अनुसार सन् १९४० को दशकमा अमेरिकाको न्यूयोर्कमा यसको प्रयोग भएको थियो । त्यसपछि चीन र अन्य धेरै देशहरूले यसलाई प्रयोग गरे ।

संयुक्त राष्ट्रसङ्घसँग आबद्ध विश्व मौसम विज्ञान संगठनले सन् २०१७ को प्रतिवेदनमा विश्वका ५० भन्दा बढी देशमा क्लाउड सिडिङको प्रयास भएको बताएको थियो । चीन, अमेरिका, रुस, अष्ट्रेलिया र जापानजस्ता प्रमुख देश यसमा परेका छन् । सन् २००८ मा भएको बेइजिङ ओलम्पिक खेलकुदमा पानी पर्न नदिन चीनले मौसम परिमार्जन प्रणाली प्रयोग गरेर पहिल्यै वर्षा गराएको थियो ।

चीनले सन् २०२५ सम्ममा देशको ५५ लाख वर्ग किलोमिटर भूभागलाई कृत्रिम वर्षाले ढाक्ने योजना बनाएको छ । जापानले टोकियो ओलम्पिक र त्यसपछि पाराओलम्पिकमा पनि कृत्रिम वर्षा जनरेटरको व्यापक प्रयोग गरेको थियो । थाइल्याण्ड सरकारले सन् २०३७ सम्ममा खडेरी प्रभावित क्षेत्रहरूलाई हरियाली बनाउने योजना पनि बनाएको छ ।

बढ्दो प्रदूषण कम गर्न क्लाउड सिडिङको प्रक्रिया प्रभावकारी हुन्छ । क्लाउड सिडिङ ​​प्रयोग गरेर एयरपोर्टहरूमा कुहिरो कम गर्न सकिन्छ । यो प्रविधि खेलमा हावा सफा गर्न प्रयोग गर्न सकिन्छ । वर्षाको माध्यमबाट विषाक्त वायु प्रदूषकहरूलाई व्यवस्थित गर्न क्लाउड सिडिङ ​​विधि प्रयोग गर्न सकिन्छ।

क्लाउड सिडिङ को बेफाइदाहरू पनि छन् । क्लाउड सिडिङमा प्रयोग हुने रसायनले वातावरणलाई हानि पुर्‍याउन सक्छ । यसमा पाइने सिल्भर आयोडाइडका कारण मानिसलाई नाक बग्ने, छाला फुट्ने, टाउको दुख्ने, पखाला लाग्ने, रक्तअल्पता हुने जस्ता रोग लाग्न सक्छ ।

गत साता दुबईमा अचानक आएको वर्षा सामान्य होइन । युएइ एक सुख्खा प्रायद्वीप देश हो । गर्मीमा यो मरुभूमि जस्तै सुक्खा हुन्छ । यहाँको तापमान ५० डिग्री भन्दा माथि जान्छ । यहाँ जाडो महिनामा कहिलेकाहीं वर्षा हुन्छ।  यहाँ धेरै कम मात्र वर्षा हुन्छ । दुबईमा गत मंगलबार १४२ मिलिमिटर पानी परेको थियो जबकी त्यहा एक वर्षभित्रमा औसत पानी जम्मा ९५ मिलिमिटर मात्रै पर्छ ।

एएफपीका अनुसार युएईमा भारी वर्षा हुनुको एउटा कारण क्लाउड सिडिङ पनि हुन सक्छ । यद्यपि, युएई सरकारले क्लाउड सिडिङलाई अस्वीकार गरेको छ ।  दुबईमा पानीको अभाव हटाउन सन् १९९० मा क्लाउड सिडिङ सुरु गरिएको थियो ।

cloud-seeding-psf-b867af-640-1713864908.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update