जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा, वैशाख २० | १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१ १५:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय