भारतको कारखानामा विस्फोट हुँदा दुईको मृत्यु

नयाँदिल्ली, वैशाख २०। उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो ।
रबर उत्पादन केन्द्रमा विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको बताउदै एकजना प्रहरी अधिकारीले पीडितको शव पोस्टमॉर्टम प्रक्रियाका लागि अस्पतालमा पठाइएको र पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने बताएका छन् ।
प्रहरीले विस्फोटको उचित अनुसन्धानको लागि आदेश जारी गरी सक्रियता बढाएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१ १९:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय