काठमाडौं, असार २४ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार आठ सय ७५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार यस अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा पाँच हजार तीन सय ७४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा एक हजार दुुई सय १९ जनामा संक्रमण पुष्टि भएको थियो भने सोही अवधिमा पाँच हजार एक सय ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा छ सय ५७ कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ को संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यो समेत गरी हालसम्म नेपालमा कोभिड १९ को संक्रमणबाट मुत्युु हुनेहरुको कुल संख्या नौ हजार तीन सय २० पुुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ८६ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।
देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार चार सय ४७ जना रहेकाछन् । सो मध्ये २३ हजार छ सय ९२ जना होम आइसोलेसनमा र दुुई हजार सात सय ५५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । उपचारको क्रममा रहेको संक्रमितहरु मध्ये भने पाँच सय ७२ जना आईसीयू र एक सय ५७ जना भेन्टिलेटरमा रहेको जानकारी पनि मन्त्रालयले दिएको छ ।
यसैगरी काठमाडौ उपकात्कामा भने पछिल्लो २४ घण्टामा थप चार सय २७ जनामा संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा दुुई सय ८७, ललितपुर जिल्लामा ८२ र भक्तपुर जिल्लामा ५८ जना संक्रमित थपिएकाछन् ।