काठमाडौं, असार २४ । हालैको अविरल बर्षाकाकारण देशका बिभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौत्तिक क्षती बापत बिमितहरुबाट २० वटै बीमा कम्पनीहरुसंग कुुल एक अर्ब ९२ करोड तीन लाख ४८ हजार रुपैयाँ मागदावी परेको छ । बीमा समितीले असार २४ गते बिहिबार बिज्ञप्ती जारी गर्दे उक्त जानकारी दिएको हो ।
बीमा समितीका अनुसार ती कम्पनीहरुबाट संकलित तथ्यांक अनुसार अविरल बर्षा सुरु भएदेखि यही असार २३ गतेसम्म सम्पती बीमा, मोटर बीमा, कृषि तथा पशुपंक्षी बीमा, इन्जिनियरिङ बीमा र बिबिध बीमा अन्र्तगत बिमितहरुबाट कुुल तीन सय ३१ वटा बीमाको माग दावी भएको बीमा समितीले जानकारी दिएको छ ।
सबै निर्जिवन बीमा कम्पनीहरुमा परेका कुुल बीमा मागदावी मध्ये एक सय ४१ वटा सम्पती बीमाको बीमा मागदावी ६९ करोड ३६ लाख ४६ हजार, ३३ वटा मोटर बीमाको मागदावी चार करोड ७५ लाख ८७ हजार, पाँच वटा सामुद्रिक बीमाको मागदावी १९ लाख ८१ हजार, छ वटा कृषि बीमाको मागदावी एक करोड ६२ लाख, पाँच वटा पशुपंक्षी बीमाको मागदावी दुुई करोड ३८ लाख ५९ हजार र बिविधतर्फ दुुई वटा बीमाको मागदावी एक करोड ५५ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
समितीका अनुसार इन्जिनियरिङ बीमातर्फ हालैको बाढीपहिरोबाट क्षती भएका एक सय सात वटा निर्माणाधिन आयोजनाको मागदावी ९० करोड सात लाख ३४ हजार, आठ वटा निर्माण सम्पन्न आयोजना बीमाको मागदावी ११ करोड ७० लाख, १८ वटा हेभी इक्वीपमेन्ट बीमाको मागदावी आठ करोड ८४ लाख ३६ हजार र अन्य छ वटा बीमाको मागदावी एक करोड ५३ लाख तीन हजार रुपैयाँ रहेको समितीले जनाएको छ ।