जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भोजपुर, वैशाख २३ | ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१ १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय