काठमाडौं, असार २४ । नेपाली बजारमा सामसुङले विङ्गमोन्स्टर अन्तर्गत एमसिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसमा ९० हर्ज रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड रहेको छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्नेछ ।
यसको स्क्रिन ब्राइटनेस आठ सय निट्सले यस स्मार्टफोनलाई अझै शक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यस अघि एम सिरिजहरुमा उपलब्ध रहेका थिएनन् । सामसुङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले सामसुङ नेपालमा निरन्तर उत्कृष्ट फिचरहरुका साथ नयाँ नयाँ विशेषता युक्त स्मार्टफोनहरुको विकास गर्न लागि परेको बताउनुभयो । यसै सिलसिलामा कम्पनीले नयाँ फोन सार्वजानिक गरेको जानकारी दिनुभयो । यसमा ६००० मेगाहर्जको ब्याट्री रहेको छ, जसले गर्दा दिन रात विना अवरोध स्मार्टफोन सञ्चालन गर्न सकिन्छ । यसले २५ वाटको चार्जिङ्गलाई सपोर्ट गर्दछ, त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जर समेत प्रदान गरिएको छ । यसमा भएको बृहत् ब्याट्रि सुविधाले बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्ति दिनेछ ।
कम्पनीका अनुसार यसमा ओक्टा-कोर मिडिया टेक हेलियो जि ८० प्रोसेसर रहेको छ, यसले पनि मल्टिटास्किङ्गमा थप सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा प्रयोगकर्ताले क्लिकको भरमा आफ्नै एल्बम तथा फिड सुनिश्चित गर्न सक्नेछन् । यस फोनमा २० मेगा पिक्सलको फ्रन्ट क्यामराको साथ ६४ मेगा पिक्सलको क्यामेरा रहेको छ । साथै यसमा भएको आठ मेगा पिक्सल को अल्ट्रा वाईड क्यामेराको सहयोगबाट अभूतपूर्व ल्याण्डस्केप लिन सकिन्छ । त्यसैगरी दुई मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो लिँदा पनि सफा एवं स्पष्ट फोटो लिन सकिन्छ । कम्पनीका अनुसार यो फोन कालो, निलो र सेतो गरी तीन आकर्षक कलरहरुमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसको मुल्य ४/४६ जिवी क्षमताको भेरियन्टलाई २४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने ६/१२८ जिवी क्षमताको भेरियन्टलाई २७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो फोन आधिकारीक सामसुङ ब्राण्ड स्टोरहरु तथा रिटेल स्टोरहरुमा उपलब्ध रहेको छ ।