काठमाडौं, असार २४ । एभरेष्ट बैंकले २०७६ जेष्ठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसकारुपमा रहनुभएका कीर्तिमानी आरोही मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको छ ।
आज बिहिबार केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रमकाबीच सो झण्डा मिङ्मा डेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाई हस्तान्तरण गर्नुभएको छ । सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशव राजपौडेल, आशुतोष शर्मा तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा ग्रिसमकालमा एमटी केटुको सफलतापुर्वक आरोहण गर्नुभएका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, १३५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।