Kath khabar
बिहान उठेर सबभन्दा पहिला के गर्न जरूरि छ त?

काठमाडौं, असार २५ । प्राय मानिसहरु निंद्राबाट उठ्ने बित्तिकै चिया कफी खाने गर्दछन् भने कोही मानिसहरु मोबाईल चलाउने गर्दछन् । हामीले खाली पेटमा चिया पिउँदा मधुमेह, गैस्ट्रिक जस्ता रोग बढनुका साथै पूरा दिन शरिरमा आलसपन बढ्छ । थोरै समयको लागि सायद तपाईँलाई लाग्छ होला की तपाईंंको शरिरमा स्फूर्ती बढेको जस्तो, तर बिस्तारै यसको खराब असर तपाईँको शरिरमा पर्न थाल्दछ । प्राय मानिसहरु उठ्ने बित्तिकै आफ्नो मोबाईल चलाउने गर्दछन् जसले गर्दा सारा दिन अल्छी लाग्ने, आँखामा समस्या आउने र शरिरमा स्फूर्ती कम हुने सम्भावना देखिन्छ ।

यदि तपाईँ स्वास्थ्य जीवन जिउन चाहनु हुन्छ भने यी पाँच काम अवश्य गर्नु होला 

१. पानी पिउने बानी: बिहान खाली पेटमा मन्-तातो पानी पिउने बानी अवश्य गर्नुहोला । पानी पिउँदा पाचन शक्ति बढ्छ । प्रतेक दिन हामीहरुले १२ देखि १५ गिलास पानी पिउनु आवश्यक छ । त्यसमा बिहान ४ र ५ गिलास पानी खाली पेटमा पिउँदा शरीरलाई एकदम फाइदा छ । यसले शरीर स्वास्थ्य बनाउनुको साथै मन पनि स्वास्थ्य बनाउँछ । यदि तपाईँमा भित्री कुनै प्रकारको रोगहरू फैलिएको छ भने पनि यसले ती रोगहरुसंग लड़ने क्षमता बढाउँछ । 

२. स्वस्थ खाना : तपाईहरु आफ्नो बिहानको खानामा सकभर स्वस्थ खाना खाने गर्नुहोस जस्तै ड्राइ फूड (काजू, बदाम, ओखर, नरिवल) आदि । बिहानको खाना भन्दा पहिले तपाईँ एउटा फलफूल खाने बानी गर्नुहोस जस्तै स्याँउ, केरा, मेवा वा अन्य । यसले तपाईको शरीरमा भएको फोहोरहरु बाहिर निकाल्ने काम गर्दछ । 

३. नियमित ब्यायाम : तपाईँ बिहान पख आफ्नो स्वास्थ्यको लागि मर्निङ वाक अवश्य जानुहोला यदि घर बाहिर जान सम्भव छैन भने घरमै बसी ब्यायाम पनि गर्न सक्नुहुन्छ । जतिनै राम्रो खाना खाए पनि यदि ब्यायाम गर्नुहुन्न भने तपाईको शरीरलाई त्यो खानाको ऊर्जा शक्ति मिल्दैन । तपाईँहरु आफ्नो शरीरलाई जति धेरै आराम दिनुहुन्छ त्यति नै शरीरले तपाईँलाई कष्ट दिन्छ । त्यसैले नियमित ब्यायाम गर्ने बानी बसाउनुहोस् । 

४. सरसफाई : हरेक दिन शारीरक ब्यायाम गरेपछि नुहाउने बानी पनि अवश्य गर्नुहोस र नुहाएपछि आफ्नो बिहानको खाजा लिनुहोस् । तपाईको खाजा स्वस्थ र हल्का होस जस्तै की सलाद, ओट्स, प्रोटिन, फाइबर युक्त खाने कुराहरु खाने गर्नुहोस् ।

 ५. मेडिटेसन : मेडिटेसन र किताब पढ़ने गर्नुहोस् । बिहानको खाजा गरिसकेपछि तपाईँ आफ्नो भएको काम शुरू गर्न अगाडि थोरै समय निकालेर ध्यान अवश्य गर्नुहोस् । तपाईँको बिहान ५ मिनेट को ध्यानले दिनभरी तपाईँको शरीरमा एउटा छुटै ऊर्जा, शक्ति र बिश्वास प्रदान गर्दछ र मनमा उदासिपन आउन दिदैंन । यदि बिहान मिल्छ भने समय थोरै निकालेर १५ देखि २० मिनट बुक पढ़्ने बानी गर्नुहोस यसले तपाईँको दिमागमा सकारात्मक कुराहरु आउने गर्दछ । 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update