काठमाडौं, वैशाख २७ । नेपाली कृषिमा पछिल्लो समय केही परिवर्तनहरू देखिएका छन् । नेपालको सरकारी नीतिहरूमा भएका परिवर्तनहरू, प्राविधिक विकासहरू र निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीतर्फको अग्रसरताका कारण उल्लेखनीय परिवर्तनहरू देखिएका हुन् । यद्यपि ती विकासहरुमा सबैको पहुँच पुग्न सकेको छैन् ।
अधिकांश किसानहरु अझै परम्परागत खेती प्रणालीमा भर परिरहेका छन् । जसका कारणले गर्दा उत्पादकत्वमा कमी, जलवायु सम्बन्धी प्रकोपहरु, किसानहरुको आधुनिक प्रविधिसँग सीमित पहुँच हुने गरेको छ । यी सबै समस्याहरुको समाधानको लागि अकिस्टाले ग्रोन फार्म इन्कुबेटर मोडेल अघि सारेको छ ।
पछिल्लो दश वर्षमा नेपालको कृषियोग्य जमिनको क्षेत्रफल घटेको देखिएको छ । आर्थिक वर्ष सन् २०११/१२ मा २.५२ मिलियन हेक्टर कृषि योग्य जमिन थियो भने १० वर्षपछि सन् २०२१/२२ मा २.२२ मिलियन हेक्टर कृषि योग्य जमिन देखिएको छ । कृषिमा संलग्न परिवारको संख्या आर्थिक वर्ष सन् २०११/१२ मा ३.३६ मिलियन रहेकोमा सन् २०२१/२२ मा ३ लाखले बढेर ४.१३ मिलियन पुगेको देखिएको छ ।
सरकारी पहलहरू र प्राविधिक योजनाहरूले यस क्षेत्रलाई समर्थन गर्ने लक्ष्य लिएको छ, तर अधिकांश किसानहरू, विशेष गरी साना किसानहरू परम्परागत खेती विधिहरूमा निर्भर छन्। निर्वाहमुखी खेतीप्रणालीका साथसाथै जलवायु परिवर्तनबाट निम्तित खडेरी र बाढी एवम् भूमि क्षरण, नविनतम् प्रविधिको पहुँच नहुनाले, साना किसान को जीवनस्तर उकास्ने एकीकृत पहलहरू ओझेल मा परेका छन् ।
अर्को मुख्य कुरा भनेको सामान्य किसानहरुले आधुनिक प्रविधिको प्रयोग गर्न सक्ने अवस्था हुँदैन । आधुनिक प्रविधिको प्रयोग गरेर सुख्खा याममा समेत सिँचाइ गर्ने सम्भावना न्यून हुन्छ । त्यस्तो सिँचाइ प्रविधिलाई प्रयोगमा ल्याउन आवश्यक पर्ने डिजेल, पेट्रोल, बिजुली जस्ता साधनहरुका कारण झन बढी महंगो हुन्छ । यसका लागि अकिस्टाले पानीबाट चल्ने वर्षा पम्प, हाइपम्प लगायतका नवीन प्रविधिको विकास गरेको छ । जुन सामान्य किसानको लागि समेत निकै प्रभावकारी हुनसक्छ । जसलाई चलाउन कुनै खर्च लाग्दैन र मर्मत खर्च पनि एकदमै न्यून छ ।
अकिस्टाले किसानहरुलाई मध्यनजर गर्दै विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । जसमा नाफाको बाँडफाँड गर्नेदेखि लिएर किसानहरुलाई मौसमअनुसारको प्राविधिक विधि र प्रणालीमा सहभागी गराउँछ । सुरुवाती लगानी अन्तर्गत किसानहरुलाई चाहिने कृषि सामाग्रीहरु, प्राविधिक सीप सम्बन्धी तालिमका साथै प्राविधिक सहयोग समेत गर्दै आएको छ ।
अकिस्टाले कृषि सामाग्रीहरु अन्तर्गत नविकरणीय सिँचाइको प्रविधिहरू उपलब्ध गराउँछ, जसमा वर्षा पम्प, हाई पम्प वाटर ह्विल र हाई पम्प टर्वाइन पर्छन् । यी पम्पहरुको प्रयोगले किसानहरु लाई सिचाईका लागि ढुक्क बनाउछ। यतिमात्रै नभएर अकिस्टाबाट गुणस्तरीय बिउ, तालिमहरू, बजारिकरणमा सहयोग, उत्पादकत्वमा बृद्धि र उचित मूल्य प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गर्दछ।
नेपालमा अकिस्टाको प्रभाव
अकिस्टाले नेपालमा कृषि रूपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गरेको छ । देशका विभिन्न ठाउँहरुमा उल्लेख्य संख्यामा साना किसानहरु जोडिएका छन् । संस्थाले अहिलेसम्म ५५० घरधुरीलाई हाइड्रोपावर सिचाईबाट लाभाम्वित गराएको छ। गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, कास्की जिल्लाका किसानलाई सहयोग गरिएको छ। अकिस्टाले उक्त पम्प जडान गरेपछि किसानहरुको आम्दानीमा २० प्रतिशतले बृद्धि भएको छ । जसले गर्दा उनीहरूको जीवनस्तरमा सुधार आएको देखिन्छ ।
कृषिको आधुनिकीकरणका लागि नेपाल सरकारले समेत विभिन्न कार्य गर्दै आएको छ । सोही आधारमा अकिस्टाले समेत कृषिको रुपान्तरणका लागि विभिन्न योजनाहरु अघि बढाएको हो ।
अकिष्टाले साना किसानलाई आवश्यक पर्ने स्रोत साधनको नवीन सोच र सशक्तिकरणमा सहयोग गर्दै आएको छ । अकिष्टाले वर्तमान समयको लागि मात्रै नभई दीर्घकालिन रुपमा किसानको जीवनस्तर उकास्नमा सहयोग गर्छ । दिगो विकासका लागि समेत कम्पनीले यस्ता योजनाहरुलाई विस्तार गर्दै आएको छ । एकातिर किसानलाई कृषि सम्बन्धी आर्थिक, प्राविधिक तथा सामाजिक विकासका लागि काम गर्दै आएको छ भने अर्कोतिर स्थानीय सरोकारवाला निकायसँगै राज्यसँगको सहकार्यमा विभिन्न परियोजनाहरु सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।
जबसम्म किसानलाई सक्षम बनाउन सकिदैन, तबसम्म कृषिमा रुपान्तरण सम्भव छैन। यसका लागि अकिष्टाले किसानसँग निरन्तर रुपमा दिगो व्यापारिक साझेदार को रुपमा, सम्पन्न किसान ,समृद्ध र दिगो खेतिकिसानी बनाउने अभियान मा अघि बढेको छ ।