काठमाडौं, वैशाख २७ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज पाँच दशमलव ६३ अंकले बढेर १९ सय ६६ दशमलव २३ अंकमा चसेढेको छ भने सेन्सिटिभ एक दशमलव १९ अंकले बढेर तीन सय ५० दशमलव ६० अंकमा पुगेको छ ।
तीन सय १३ वटा कम्पनीहरुको ४९ हजार तीन सय ३२ पटकको कारोबारमा ७० लाख ५८ हजार तीन सय ९९ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब १२ करोड १२ लाख ८६ हजार तीन सय ६२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जीवन बीमा, उत्पादनमूलक र लघुवित्त समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक बढेर हरियो भएका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ओरियन्टल होटल समुह, तारागाउँ रिजेन्सी होटल आदिको शेयर मूल्य बढेपनि कुमारी सबल योजना, दोल्ती पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी रकम कारोबारका आधारमा भने आज नेपाल फाइनान्स, सोल्टी होटल, फष्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।