गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय
काठमाडौं, वैशाख २८ । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका शिर्ष नेताहरुलाई आज संसदमा बोल्न दिने निर्णय गरेको हो । तर संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसले निर्णय गरेको छ।
सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानविन समिति गठनको माग गर्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले भने यस विषयमा संसदको रोष्टममा आफूले प्रष्टीकरण दिन पाउनुपर्ने अडान लिइरहेका थिए ।
प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु हुने पहिलो दिन आज शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय