Kath khabar
सहकारीबाट ॠण लिएको प्रमाणित गरे राजनीति छोड्ने गृहमन्त्री लामिछानेको गगन थापालाई चुनौती

 

                   काठमाडौं, वैशाख २८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् । गृहमन्त्री रवि लामिछानेले भनेका छन्, 'मैले खुद आफैले फारम भरेर उक्त सहकारीबाट ॠण मागेको र लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु । प्रमाणित नगरे तपाईंले राजनीति छाड्नुपर्ने हुन्छ ।’

'म संसदीय छानबिनसँग र तपाइँहरुको देश डुबाउने राजनीतिसँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ  किन डराएको ?' उनले प्रतिप्रश्न गरेका छन् ।

उनी अगाडि भन्छन् -

कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ  किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि  यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि  हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने?  यहि हो कांग्रेसको लोकलन्त्र??
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update